Monday, July 21, 2008

मुक्तकमा संविधानसभा: नयाँ पत्रिका बाट साभार




2008-04-08,Tuesday
पोखरा/संविधानसभा चुनावको मुखमा नागरिकलाई सेचत बनाउने उद्देश्यले रेडियो अन्नपूर्णले संविधानसभा र जनता' विषयक मुक्तक प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको उत्कृष्ट पाँच मुक्तककार हेम सुवेदी, रिता गिरी, सुमन श्रापित, सफल घिमिरे र कपिल शर्मा 'संजोग' लाई कार्यक्रमका प्रमुख अतिथि सरुभक्त , अतिथि तीर्थ श्रेष्ठ र रेडियो अन्नपूर्णका कार्यकारी निर्देशक विश्वशंकर पालिखेले जनही नगद एक हजार पुरस्कारसहित अन्य साहित्यिक कृति पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताका लागि प्राप्त भएका एक सय १२ रचनामध्ये ४५ प्रतियोगिताका लागि छनोट भएको थियो । कार्यक्रममा प्रतियोगी, अप्रतियोगी गरी करिब ७५ जनाले आफ्ना रचना वाचन गरेका थिए । कवि गण्डकी पुत्र, सरस्वती श्रेष्ठ सरु र प्रकट पगेंनी शिव निणर्ायक थिए । प्रमुख अतिथि सरुभक्तले नेपाली साहित्य आकाशमा बिलिन हुन लागेको मुक्तक क्षेत्र सम्हाल्नका लागि नयाँपुस्ताको आगमन भइरहेको बताए । संविधानसभाको संघारमा सबै क्षेत्रका नेपाली लाग्नुपर्ने उल्लेख गर्दै सरुभक्तले नेपाली साहित्यकार संविधानसभाको चुनाव सम्पन्न गर्न लाग्नुपर्ने धारणा राखे ।कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले पोखरालाई साहित्य क्षेत्रको राजधानी बनाउने लक्ष्यका साथ लागि परेको बताउँदै, नेपाली साहित्यलाई माथि पुर्‍याउन नयाँ स्रष्टालाई आग्रह गरे ।

No comments: