Tuesday, July 8, 2008

लघु कथा- A short Nepali fiction

ठूलो मान्छे
-सफल घिमिरे
यहाँ एकदम बौध्द शुन्यता छ । किनकि आज कर्फ्यु लागिरहेको छ । परेवाहरु उडेका छैनन् । धुमिल आकाशमा अलिअलि चराहरु मात्रै आहारा खोज्दै भौतारिरहेका छन । बन्द कोठामा टि.भी. र टि.भी. सामुन्ने ऊ बन्दी भएर बाँचेको छ । कर्फ्यु भएकैले उसकि आठ बर्सिया छोरी स्कुल जान पाएकी छैन । टेबुलमाथिको ठाउँ एउटा राष्ट्रिय दैनिकले ओगटेको छ , जसको प्रथम पृष्‍ठमै गोली हानेर मारिएको तीनजना व्यक्तिको तस्विर छ । सानी पाठ पढ्दै छे “जय, जय, जय नेपाल, सुन्दर, शान्त,विशाल ....” । यत्तिकैमा टेलिभिजनकी समाचारवचिकाले एकजना विद्वान् पण्डित मारिएको खबर सुनाउँछे । सानी गम्भिर आँखा लिएर सोध्छे  “बा ! यी सबै मारिने को हुन् ?” उसले उत्तर दिन्छ “ठूला मान्छे हुन् सानी !” सानीको आवाज निस्कन्छ “बा ! म त कहिल्यै ठूलो मान्छे नबन्ने है !” छोरीको आवाजले निरुत्तर बाबु मलिन मुद्रामा बररर आसु मात्रै चुहाउन सक्छ ।
-पोखरा, २०६२
(गण्डकी अञ्चल स्तरिय लघु कथा प्रतियोगितामा पुरस्कृत)