Wednesday, January 13, 2010



आजको साँझ तिमिजस्तै थियो,
अत्यन्तै सुन्दर...

अस्ताउन बिर्सेको एक झुल्को घाम,
अनि अस्ताचलतिर उडिरहेका कलिला चराहरूका पखेँटा,

आजको साँझ एकदमै यादगार थियो,
तिमीले बिर्सेर गएको रुमालजस्तै...

साँच्चै, आजको साँझ तिमिजस्तै थियो,
अत्यन्तै सुन्दर...

-पौष १, २०६६
photo courtesy: twitter.com

4 comments:

  1. आजको साँझ एकदमै यादगार थियो,
    तिमीले बिर्सेर गएको रुमालजस्तै...

    ReplyDelete
  2. love teh pics. perfectly captured.... by twitter.com

    ReplyDelete