Wednesday, January 20, 2010

जालमा परेपछि

-सफल घिमिरे


के हुन्छ खै माझी आफै जालमा परेपछि ?
सिकारी नै बन्दुकको नालमा परेपछि ?

भाग्य दह्रो नहुनेले खेल्नुहुन्न पासा,
उठ्नैपर्छ हार ठूलो खालमा परेपछि,

सपना बन्यो बाजजस्तै उड्नु अनि फिर्नु,
पिँजडाको पंक्षीजस्तै हालमा परेपछि,

एक्लो डुंगा, आँधी-हुरी, कहिले पुग्छौ पारि,
खियाउने नाउ आफै छालमा परेपछि,

'सफल' भन्छ इन्द्र चन्द्र कोही सक्दैनन् शोष्न अब,
यमदूत नै आज आफै कालमा परेपछि ।
..........................................................................
-पोखरा, २०६३ जेठ
photo courtesy: telegraph.co.uk

No comments: