Tuesday, January 19, 2010

गजल

-सफल घिमिरे




हिजोका झैँ आज पनि शोष्न पाइन्छ र ?
जनता शोषी आफन्तीलाई पोष्न पाइन्छ र ?

तिम्ले खाने तिम्रै अनाज, मैले मेरै कर्म,
खाँदाखाँदै हातको गाँस खोस्न पाइन्छ र ?

यश तिम्रो, आराम तिम्रै, तिमी महलभित्रै तर,
झुप्रोमाथि रातो आगो झोस्न पाइन्छ र ?

पालो तिम्रो पनि आउँछ, पालो हाम्रो पनि,
एक्लै असुर-राज्य गर्ने सोच्न पाइन्छ र ?

अरूले त छोड्लान् तिम्लाई, यो 'सफल' ले छोड्ने छैन,
विनाअर्थ देशको घाउ घोच्न पाइन्छ र ?

-नदीपुर, पोखरा

हालः काठमाडौँ

No comments: