Tuesday, August 17, 2010

म, उनि र खरानि...

(मैले लेख्दै गरेको कथाको केही अंशमात्रै...)

ठमेल, ठेलमठेल, सिगरेट समाइरहेकी युवती, अनि त्यही सिगरेटको खरानी ।
कुनै अपरिचित आवाज सुनिन्छ, 'आएम सरी।'
'किन ?' मैले सोधेँ ।
'मैले तपाईँको सर्टमा खरानी पोखिदिएँ ।'
'छाड्देऊ, सिगरेट त मलाई पनि मन पर्छ । तिमीसँग सलाई छ ?'
'छैन, लाइटरमात्रै छ ।'
'किन ?' मैले जिज्ञासा पोखे ।
उसले भनी, 'मलाई एकैछिन बलेर निभ्ने सलाई मन पर्दैन । बरु रुचाउँछु त यो प्यारो लाइटरलाई ।'
मैले 'किन ?' नभन्दै उसले कारण बताई, 'यसलाई मैले चाहेजति समय थिचेर बालिरहन सक्छु । अनन्तसम्मलाई नबले पनि कमसेकम यो लाइटर सलाईजस्तो क्षणिक त छैन ।' यो सुनेर मैले पुरुषार्थ मिसिएको हल्का हाँसो छुटाएँ ।

सकिनै लागेको सिगरेटको अन्तिम सर्को तान्दै थिई, उसले अकस्मात् फेरि सोधी "बाइ दि वे, तपाईँ सलाई टाइपको पुरुष पर्नुभयो कि लाइटर टाइपको ?' उसको सेभन मिलियन डलर प्रश्नले म झसंग भएँ ।

(............क्रमशः)

4 comments:

  1. wow ! Great Start.
    कथा निकै मज्जा को होला जस्तो छ ! संवाद पनि निकै चित्तबुझ्दो र गहकिलो रहेछ !!! बाँकि अंक को पर्खाइमा !!! लाइटर र सलाई को जवाफ को प्रतिक्षा मा !!!
    :)

    ReplyDelete
  2. बाँकि अंकको पर्खाइमा...

    ReplyDelete
  3. अझै कुर्दै छु है सफल जि यो कथाको अर्को अंक

    - आबिष

    ReplyDelete