Tuesday, July 12, 2011

अक्षरको यात्रा, सिर्जनाको गन्तव्य

सफल घिमिरे 
उपत्यका र पहाडहरु भन्दा धेरै माथि
बादलजस्तै एक्लै भौतारिंदा
एक्कासी मैले सुनौला फूलहरु देखें
हावासंगै सर्सराउँदै नाचिरहेका
तालको सर्सराउँदै किनारै-किनारमा, रुखको मन्तिरै मन्तिर...

सन् १८०२ को मध्यअप्रिलको कुनै दिन अंग्रेजी साहित्यमा स्वच्छन्दवादी अभ्यासका अभियन्ता विलियम वर्डस्वर्थले वाटर मिलक लेन भन्ने ठाँउबाट प्राकृतिक सुन्दरता पिउँदै लेखिएका पंक्ति हुन् यी । सृजनाको सम्बन्ध प्रकृति र एकान्तसँग अत्येज्य हुन्छ भन्ने तथ्य र्सजकहरुले धेरै अगाडिदेखि स्वीकारेको कुरा हो । तर सबैखाले र्सजकहरुले प्रकृतिलाई नअँगाले पनि एकान्तलाई भने प्रायले सिर्जनाको आधारभूत परिप्रेक्ष्य बनाएका पाइन्छन् ।

डाँडा छेउमा कविता कोर्दै एक अक्षर यात्री जयन्ती गौडेल । तस्विरः सफल घिमिरे ।
एक्लै बसेर अनौपचारिक रुपले साहित्य सिर्जना गर्नु आफ्नो ठाउँमा छ तर घोषित रुपले औपचारिक कार्यक्रमको आयोजनाद्वारा नै साहित्य रचना गर्ने परम्पराले पोखरामा अहिले अपेक्षित गति पाएको छ । राजधानीमा वि.सं. २०५९ तिर मार्टिन चौतारीले गरेको "लेखन शिविर", इलाममा गजल मञ्चले गर्ने गजल यात्रा लगायत यस्तै स्वरुप भएका कार्यक्रमहरुको बारेमा पनि बारम्बार सुन्न पाइन्छ ।

तर पोखरामा भने यो संस्कारको थालनी वि.सं.२०५३ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले गरेको "संरक्षण कविता आन्दोलन"बाटै भएको थियो । आफूलाई "साहित्यको राजधानी" को रुपमा स्थापित गराउने अभ्यासमा रहेको पोखराले साहित्यलाई आधार लिएर सचेतना एवं सिर्जनाका अन्य कार्यक्रमहरु पनि पार गरिसकेको छ । संरक्षण कविता आन्दोलनकै अनुसरणमा पर्माकल्चर संस्थाको पर्माकल्चर कविता यात्रा, लिबर्डले जैविक विविधता संरक्षणमा ग्रामीण कविता यात्रा एवं ट्रान्सपरेन्सी इन्टरनेशनलले सुशासनको पक्षमा तथा भष्ट्राचार विरुद्ध कविता यात्रा" समेत सम्पन्न गरिसकेका छन् ।

सिर्जनालाई ऊर्जाशील बनाउन यात्राहरुले स्थापित गराएका अनुभवहरुबाट हौसिंदै पोखरेली साहित्यकर्मीहरुले अहिले यस्तो कार्यक्रमलाई नियमित शृंखला रुपमा चलाएका छन् । पोखरामा गजल सन्ध्या, नवनीत साहित्य सागर र भावना परिवार अहिले प्रत्येक महिनाको तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रमको आयोजना गरिरहेका छन् । यो कार्यक्रममा मासिक रुपमा बेग्ला बेग्लै स्थानमा गएर तत्स्थानमा नै रचना सिर्जना एवं वाचन पनि गरिन्छ । यही श्रृंखलामा अहिलेको फागूपूणिर्मा कविहरु स्याङ्जा जिल्ला स्थित रमणीय ठाउँ मट्टिखान पुगेर कलम मार्फ भावना पोखिरहेका थिए । उचाइको यो सुन्दरतालाई खप्नै नसकी प्राज्ञ सरुभक्त सुनाँउदै थिए,

यी हिमालहरु कति राम्रा देखिएका ?
यति राम्रा त नदेखिएका भए पनि हुन्थ्यो ।



प्राज्ञ सरुभक्त कविता वाचन गर्दै/तस्विरः सफल घिमिरे
कोही कोही तत्स्थान र निर्धारित समयभित्रको सिर्जनाले साहित्यको गुणस्तरमा आँच आउँछ भन्छन् । त्यसो त स्वच्छन्दतावादी साहित्यिक आन्दोलनका प्रणेताहरु पनि परिमार्जनलाई खासै रुचाउँदैनथे । अक्षर यात्राको बारेमा साहित्यका तीर्थ श्रेष्ठ थप्छन्, यसरी सिर्जिएका रचनाहरु आधार स्वरुप हुन् । अन्तिम रुप दिनको लागि साहित्यमा परिमार्जन सम्भव छ र हुनुपर्छ ।

यस्ता श्रृंखलाहरूमा सर्जकहरुले एउटै परिवेशमा लेखेता पनि लेखनका क्षेत्रहरु भने फराकिला रहेका पाइन्छन् । कोही वर्तमान अवस्थामा भौगोलिक अखण्डताको अपरिहार्यतालाई पोख्दै थिए,

... मनाङका गुरुङ र मुस्ताङका थकालीले,
मर्चवार र मोरङको मधेशीसंगै मीत लाउन...
(शोभाकान्त गौडेलका शब्दहरु)

कोही भने अप्राप्तिको पीडालाई कलमसँगै दुखाइरहेका थिए...

... प्रजातन्त्रमा
सुतेका जागेनन्
जागेका उठेनन्
उठेका हिडेनन्...
(अमीत रिजालका शब्दहरु)

यसपालि कविहरुले अघिल्ला शृंखलाहरूमा भन्दा फरक आतिथ्यता र शब्दहरु सुन्ने धेरै धैर्यता पाए । मट्टीखानका गाउँलेहरुले डाँडाको टुप्पामै आएर सबैलाई गुन्द्रुक र भात पकाएर ख्वाए । अनि कार्यक्रम नसकिउन्जेल सबैका शब्दहरु पुरै सुनेर बसे । यो भेटमा गाउँमा यति धेरै पत्रकार, पर्यटनविद् र साहित्यकारहरुको रमाइलो जमघट देखेर स्थानिय बुद्धिजीवि डा. चन्द्रबहादुर गुरुङ खुसिले दंग थिए । उनले उन्मादसँगै ओठ खोले हामी धेरै हषिर्त भएका छौं ।"

सिर्जना अभिव्यक्तिको लागि मात्र नभएर सुन्दरताको लागि हुनर्पर्छ ।" कार्यक्रमको ज्यामितीय सफलताबाट प्रसन्न परिकल्पनाकार प्रकट पगेनी 'शिव'ले थपे, त्यसैले शाब्दिक सुन्दरतामा स्थानको सुन्दरताको पनि भाग मिसिएको हुन्छ ।"

समुद्रि-सतहदेखि लगभग ४,४०० मीटरको उचाई,गुराँसका रंगहरुले पोतिएका डाँडाहरु, पोखरा शहरको मनोरम दृश्य, अनि अंगालै हालुँजस्तो अन्नपूर्ण हिमशृंखलाको विहङ्गम नजरावलोकन, अपत्यारिलो तरिकाले एक जना किशोरीले थपिन् तपाईलाई थाहै छैन , यहाँबाट सात जिल्लाको दृश्य देखिन्छ । आखिर हो नै रहेछ , कार्यक्रम स्थललाई चिनाउँदै सञ्चालक यम पौडेल पनि यही भन्दै थिए ।

सिर्जनाको दृष्टिले अत्यन्त सापेक्ष एवं उर्वर ठानिएको पोखरा र यसका आसपासहरु अहिले साहित्यिक पर्यटनका गन्तव्य बन्न पुगेका छन् । यस्ता यात्राहरुले र्सजकहरुमा आपसी आत्मियता त बढाएको छ नै त्यसमाथि पनि नयाँ आउने साहित्य र्सजकहरुलाई पनि अनुकुल रुपमा निखार्दै लगेको छ । अक्षर यात्राकै एक यात्री जयन्ती गौडेल आफ्नो सिर्जनामा यसले पुर्याएको गतिशिलताले हर्षित छिन् । गजल-सन्ध्या पोखराका अध्यक्ष दीपक समीप पनि अक्षर यात्रीहरु ले यसरी सिर्जना गरेका रचनाहरु उत्कृष्ट पाएको बताउँछन् । यसमा सहायकसिद्ध भनेको अभ्यस्त सर्जकहरुसँग अनुज सर्जकहरुले पाउने संगत हो । यस्तो संस्कारले पोखरेली साहित्यिक गतिशिलताको अभिवृद्धि एवं रचनात्मक शिल्पकलाको गुणलाई समेत तिखार्न मद्दत पुगेको पाइन्छ । किनकि फरक ठाउँमा गएर लेख्नुको मजा त फरक हुन्छ नै त्यसमाथि पनि अरुको मनको मसी पोख्नु बेग्लै आनन्द आउँछ । आफ्नै कथा हो कि झैँ गरी सुनिरहेका थिए गाउँका युवक तथा वृध्दहरू तीर्थ श्रेष्ठ पंक्तिहरुमा,

योपट्टिमा गल्लाले छाति नापेपछि,
चण्डीको चौतारीमा भेटेको थिएँ मायालुलाई...

------------------------------------------------------------------------------------------

(२०६३ फागुनमा आदर्श समाज राष्ट्रिय दैनिकमा प्रकाशित; लेखक घिमिरे गजल सन्ध्याका तत्कालीन सचिव थिए भने दीपक समीप अध्यक्ष थिए । प्रसंगको कार्यक्रम २०६३ फागुन १९ मा  स्याङ्ग्जा जिल्लाको मट्टीखान गाविसमा सम्पन्न भएको थियो ।) 

2 comments:

  1. The script of this post is not easy to read.It is neither Nepali, nor English. Would you please change it in correct form, Safalji ?

    ReplyDelete
  2. Dear anonymous, it was indeed in Preeti font.. if ur computer supports preeti font then it's readable... bt I accept ur suggestion n' will modify it... js wait for some times hai ta... thank you...

    ReplyDelete