Wednesday, November 23, 2011

'उज्यालो आउनैपर्छ' (नाटक)

- सफल घिमिरे

[ट्रान्सपरेन्सी इन्टरन्यासनल र प्रोपब्लिकको निम्ति २०६६  माघमा लिखित
तथा  पोखराका विभिन्न स्थानमा प्रदर्शित]
Source: www.unodc.org

प्रथम दृश्य

[नाटक माचनको लागि वृत्त र वृत्तभित्र नेपालको अलि चाक्लो नक्सा ... सुत्रधारको प्रवेश]

सुत्रधारः प्रत्येक नेपालीहरु जन्मिने बित्तिकै टाउकोमा १२ हजारको ऋण बोकेर जन्मिन्छन् र त्यो ऋण तपाई हाम्रो थाप्लोमा पनि अझै छ । भष्ट्राचारले व्याप्त तर सुशासनको अभावमा देश पिरोलीईरहेको छ । यो नाटक एउटा मध्यग्रामिण वा भनौं अर्धशहरी परिवेशमा आधारित रहेर तयार पारिएको छ । नाटकको पात्रहरु बुबा, आमा, नानु, इमान, रोशन सबै हामी भन्दा टाढाका होइनन् । तपाई हाम्रै जस्तै गरिबीमा पिल्सीएको परिवारमा जागिर खोज्दै गरेको रोशनको कथा, भोकी नानुको कथा, दुःखी बाबुको कथा, यिनै-यिनै कथाहरु लिएर शुरु हुन्छ नाटक-उज्यालो आउनैपर्छ…!!



[दुई जना नारीहरुको प्रवेश, कपाल नमिलाइएको निधारमा रगताम्य सेतो पट्टि र कालो पहिरनमा सुँक्क-सुँक्क गर्दै मंच परिक्रमा गदै ]
नेपथ्यबाटः भोको मान्छे को हो ?
नारी आवाजः हजू……………र…॥!
नेपथ्यबाटः गरिब भन्या को हो ?
नारी आवाजः हजू………र…!
नेपथ्यबाट: अन्यायले पिल्सीएको को हो ?
नारी आवाजःहजू……………र…!
खण्ड-खण्ड आवाजहरु: आमा……………। लुटियो…………भत्कीयो………विगि्रयो……।
आमा ……!! ए आमा ………!!
नाशियो……। सखापै भयो………॥ सर्वश्व गयो………। कहिल्यै नफेरिनेभो…………आमा……॥ [बाहिरिन्छन्]
[सुँक्क-सुँक्क रुँदै सानी बच्चीको प्रवेश पछि पछि आमा]
आमाः किन रोएकि नानी यति बिहानै यस्तो डाँको छोडेर …………।
छोरी: आमा भोक लाग्यो । ………[जाडोले काम्दै]
भोक लाग्यो आमा ………। साह्रै भोक लाग्यो…………
आमा: बजारमा अभावका अभाव छन् छोरी ……॥ नाका जति सबै बन्दछन् -भएका समानजति पनि हुनेखानेले लुकाए - तिम्लाई हाम्लाई उधारो पत्याउने पनि छँदैछैनन् ।
छोरी: अनि हामीले कैल्यै नखाने आमा ?
आमा: महंगीले मार्याछ नानु ……… भरे सम्म त भोक खप्नै पर्छ ।
[छोरी अविश्राम यताउता असन्तुष्टिको भावले भौतारिइरहन्छे .... छेउबाट अर्को पात्रको प्रवेशसुकिलो कपडा लगाएकोदौरासुरुवाल त्यसमाथि कोट र कालो भादगाउँले टोपी पेट अलिकति अघि आएकोबडो ढुक्क र गौरवान्वीत पात्र]
[आमा झूकेर नमस्कार गर्दछिन् ऊ गर्वले गह्रुँगो भएर नमस्कार फर्काउँछ ।]
आमा: नमस्कार साप !
इमान: ठीक छ ! ठीक छ ! इमानको जमानलाई दुनियाँले सम्मान गरेको छ बेइमान हैन । इमान हो मेरो नाम ।
छोरी: त्यो पेट किन त्यत्ति ठूलो भएको [एकछिन विश्राम] धेरै भात खाएर हो ?
इमान: हैन ………। नचाहिने कुरा गर्छे ।
छोरी: अनि के त धेरै पैसा खाएर हो ?
इमान: हैन के भन्छे यो ?
आमा: छोरी नकरा तँ - चुप लागेर बस् - ठुलो मान्छेसँग यसरी कुरा गर्ने हैन ।
छोरी: इन्कार गदै अँ- मैले बुझें- मैले बुझें...तपाँइले धेरै खाएर हाम्लाई खान नपुगेको हो ।
आमा: तँ खुरुक्क भित्र जान्छेस् कि ………। ………मालिक ………केट्केटी मान्छे ……
इमान: ल ल ठीक छ - अल्लि ठाँउमा राख्नु । अनि धने खोइ त ?
आमा: उहाँ भित्रै हुनुहुन्छ । एकछिन है । म पठाइहाल्छु । ..... ए रोशन का बा ! रोशन का बा !
भित्र पस्छे ।
बाबु: ओहो ! यो आँगन किन दुखी छ भन्थे तपाइले टेक्नु भो मेरो अहोभाग्य भो इमान् साप्
इमान्: धेरै नफूर्काई धने धेरै नफूर्काई - दशैंको खर्च भनेर पैसा मागिस् ;त्यसको व्याज, व्याजको स्याज, स्याजको पनि प्याज निस्कने बेला भैसक्यो । खै अ´ तिर् याछैनस् इमानको जमानलाई दुनियाँले सम्मान गरेको छ बेइमान होइन हेर ।

बाबु : काँ हुनु हजुर मुन्टो नुघाउँदै बाउले कमाउला भनेर नाम धने राखिदिए कमसेकम कागजको नोठ नकमाए पनि जमानको चाहिँ धनि छु- छोराले नोकरी थाल्ने बित्तिकै चुक्ता गर्छु साप् ।
[छोराको प्रवेश]
छोरा: बा के को नोकरीको कुरा हुँदैछ यहाँ ?
बाबु: तेरै नोकरी हो - ऊ चिनिस् इमान साहेब्लाई त्यहि अड्डाको हाकिम क्या त । तैले निवेदन दिदा वहाँकै हैन ?
छोरा: ए……॥ सर नमस्कार !
बाबु: साप् यस्तै छ छोरा………॥
इमान्: पाखुरामा समाउँदै दह्रो छ छोरो अलि अलि लगानी गर्ने गर छोरो माथि- निवेदन दिया रै छम हेरिहाल्छु नि ।
बाबु: एकदमै फस्ट किलास छ साप् । सानैदेखिको टाठो । सबैलाई अखबार पढेर सुनाउने यै हो । सटिपीकेट पनि राम्रा राम्रा छन् । जसै गर्नु पर् यो हजुर ।
इमान्: अरु म भन्न सक्दिन, राम्ररी कुरा गर्न छोरालाई नै पठाइदे । भोलि १२-१ बजेतिर म अफिस वरपर चियापसलतिरै हुन्छु ।

दोश्रो दृश्य

एउटा कुर्सि, कुर्सिमाथी इमान् साप् उही पहिले कै पोशाकमा नक्सापनि उहि ...
इमान्: सुब्वा दाजु ……। ए सुब्वा दाजु …………… कति बज्यो ?
सुब्वाः नेपथ्यबाट सधैका झैँ हो इमान सर - आज पनि ठ्याक्कै बाह्र बज्यो ।
इमान: ल-ल-ल--अरु कोही हैन त्यो रोशन भन्ने केटालाई एक चोटी झट्टै भित्र पठाइ दिनुस् त ।
सुब्वाः अरुहरु कराउलान् नि सर कुन्नी के के तन्त्र भन्छन् अहिले त……………
इमान: मेरो गिदि त नखाउन न हो सुब्वा दाजु - लोकतन्त्रको बाउ आए पनि क्यै लाग्दैन मलाई । खुरुक्क पठाइदिनुस् न त्यसलाई ।
[मनोवाद ---सोझा-साझा कर्मचारीलाई त गरिखान पनि नदिने भए हो ।]
[मंचमा किशोरको प्रवेश । आएर नजिकैको कुर्सिमा बस्छ ।]
इमान: ए बाबु ! आइस् ?
रोशन: छिटै छिर्न पाएँ सर । यो देशमा बेरोजगारहरु पनि कति धेरै भाका हुन ।
इमान: छोड्दे यस्ता कुरा रोशन बाबु । चोर र बुढी औला बीच घर्षण गराउँदै तँ हामी बीच रोजगारीको मात्रै कुरा हुनुपर्छ ।
रोशन: रोजगारि भन्नाले अक्मकाउदै मैले मेसो पाइन की तपाईले बुझ्ने गरी भन्नु भएन खै कुन्नी मैले त पत्तै पाइन त सर ।
इमान: पत्तो तैले पाउँदै गर्छस् बाबु ! पाउँदै गर्छस् यत्तीकैमा इमानसाप्को गोजीबाट मोवाइलको घण्टी बज्छ
इमान: हेलो हेलो………॥ हेलो हेलो……………
क्यै सुन्नु भएन मैले त सुनिराछु त य सुन्नुभयो ! लौ हेर मैले सुनिननी अब त…………।
[कल काटिन्छ]
हरॆ …………॥हरे यो एक कल भर्दा पनि तीन कलको पैसा जान्छ । कस्तो छ भने प्रविधी हेर ।
[फेरी घण्टी बज्छ ।]
ए हेलो -हेलो ए - सुनीयो
हजुर - ए हजुर ओहो एकतर्फी वार्ताहरु
हजुर हजुर भइहाल्छ नि किन नहुनु तपाँई हामी मिलेपछी के नहुनु छ रतर पनि यि कालाकोटेहरुलाई टेबलमुनिका वार्ताकार भन्ने अनाहक आरोप लाउँछन् गाँठे ।
तपाँइ ढुक्क हुनोस् -काम भइहाल्छ नी । ल राखे हजुर -ए अँ अँ फेरीबोल्दै
हुन्छ हुन्छ भइहाल्छ मज्जाले हुन्छ ।
ल त अब त साँच्चिकै राखे है । मोबाइल राख्छ
ए बाबु मैले त तँलाई भुसुक्कै भुलेको भन्या रोशन अलि आप्ठ्यारो मानेको चेहेरामा
इमान: ए हाम्रो कुरो कहाँ पुग्याथ्यो रे ए अँ जागिर को कुरा । खै यहि हो तम्रो कागजात
कागजहरु क्रमशः पल्टाउँदै
अँ --ठीक छ………।ठीक छ ……॥ राम्रो छ………।निवेदन दिएँ भन्या हैन
रोशन: हो सर ………अस्तिनै पाली बुझाई सकें...
इमान: अनि निवेदनको साथमा अरु केही दिया छौ कि छैनौ नि
रोशन: केही भन्नाले सर ?
इमान: म हेर्दै छु …………।
एक छिनपछि बाबु जागिर तिमीले पाउँछौ मज्जाले पाँउछौ ।
रोशन: सर ! मैले जागिर पाउँछु हैन
इमान: म हेर्दैछु …………।
एक छिन पछि बाबु जागिर तिमीले पाउँछौ
मज्जाले पाँउछौ ।
रोशन: सर ! मैले जागिर पाउँछु हैन
इमान: एकदम ………।विश्वाशका साथ पाउँछौ
रोशन: मेरी बैनीको पेट भरिन्छ हैन सर
इमान: किन नभरिनु मज्जाले भरिन्छ ।
रोशन: मेरो बुबाको फाटेका टोपी अनि आमाको उध्रको चोलि त फेरिन्छनी सर
इमान: फेरीन्छ बाबु मज्जालॆ फेरिन्छ तर----
रोशन: तर --- के सर ?
इमान: तर लगानी गर्नुपर्छ बाबु लगानी……।
रोशन: म त जागिर खान आएको सर किन र लगानी व्यापार गर्न त होइन । मैले बुझिन की सर
इमान: केहि पाउनु मन छ भने केहि गुमाउन पनि सिक बाबु ……।
यो पवित्र कुरो हो ……केहि बुभुयौ जस्तो लाग्छ ……पवित्र सहयोगलाई अर्कै नाम दिएर अपवित्र नबनाउँ बाबु । तिम्ले मलाइ केहि सहयोग गर भन्न खोज्या मात्र हो ।
रोशन: सहयोग भन्नाले सर !
इमान: धेरै होइन बाबु गोडा दुई…
अन्कनाउदै अनि अलिअलि बाहिर हेर्दै त्यो के लामो लामो
[सुंडको आकार देखाउँदै] हा…हा…हा…हात्ती हात्ती । गोडा पाँच सात निकुाजभित्र राख्न -
[खल्ती देखाउदै] हात्तीको व्यवस्था गर मात्रै भन्या हो ।
रोशन: सायद तपाईले पैसा भन्नुभा'हो सर !
इमान चोर औला ओठमा राख्दै ूअँू को मुन्टो हल्लाउँछ रोशन आफ्नो ठाउँबाट जुरुक्क उठ्छ
रोशन: म दुई छाक खान नपुगेर बाबाको सपना पुरा गर्नको निम्ती आमाको आँकांक्षा मेट्नको लागि अनि बहिनीको जिन्दगीको लागि आफ्ना सर्टिफिकेटहरु तपाइ सामु तेसा्रएको छु यो अभावै -अभावको जिन्दगी छ त्यसमा पनि जुनकारणले मैले जस्तो गरिबी हज्जारौ नेपाली दिन दुइगुना रात चौगुना गरेर भोग्दैछन् । त्यस्तो बेला कालो व्यवसायमा धकेलेर म देशलाई अझै एक पाइला पछि कसरी धकेल्न सक्छु सर ! अहँ म बाट यो हुन सक्दैन - हुनै सक्दैन !
मुड्कि बजाउँदै हुनै सक्दैन-हुनै सक्दैन ।

इमान: किन हुँदैन कसरी हुँदैन - के भएर हुँदैन कताबाट हुँदैन
रोशन: यो त सरासर भ्रष्ट्राचार हो सर । म त एउटा सच्चा नागरिक हुँ । यदि तपाई मलाई राजस्वको बिल दिन सक्नु हुन्छ भने म पैसा दिन तयार छु नत्र तपाइमाथि कारवाहि हुनुपर्छ सर ।
इमान: [गर्जिदै] जा ! कहाँ जानि हो जा !कस्ले गर्छ कारवाहि मलाई तेरो बाउले गर्छ
रोशन: मेरो बाउले होइन अब कारवाहि भनेको नेपाली जनताले गर्नेछ तपाइलाई नेपाली समाजले गर्नेछ । कस्ले ख्वाउने हो ख्वाउनुस यो जागीर भन्दै उस्को मुखमा कागजपत्र फ्यकिदिन्छ
दुवै आ- आफ्नो तरिकाले बाहिरिन्छन्
इमान [रिसाउदै]: ओ सुब्वा दाजु ! ४ बजेन भन्या ?
सुब्वा [नेपथ्यबाट]: आँट्नै आट्यो साप् आँट्नै आट्यो
[दुवै आ- आफ्नो तरिकाले बाहिरिन्छन्]
तेस्रो दृश्य

[आमा कुचो बढार्दै बाबु वृत्तबाहिरै छोरी चाहि गट्टा खेल्दै रोशनको प्रवेश]
[मानसिक द्धन्दको स्थीतिमा रोशन माचमा दु्रत चालले पस्दा बाबु आश्चर्यजनक तरिकाले अर्को ठाउँबाट प्रवेश गर्छन् ।]
बाबु: ओइ ! के भो यसलाई ?
रोशन: म जागिर खान्न बाबा ! यो स्थीतिले म जागिर खान्न ।
आमा: कुचो फाल्दै हैन यसले केहि विगारेछ की क्या हो ?
बाबु: के भो यसलाई कतै हाकिम साबलाइ केहि भनेर त विगारिनस् ?
रोशन: मैले त तिन्को केहि बिगारिन बाबा तर आज थाहा पाए तिनले तपाइँ ह हामीजस्ताको धेरै विगारेका रैछन् ।
आमा: होइन …। के भन्छ यो ?
बाबा: ओइ …। ठुलो मान्छेहरुको बारेमा यस्तो नबोल है पाप लाग्ला नि …।
रोशन: पाप त अव त्यसलाइ लाग्ने छ देशले अब त्यसलाई सराप्ने छ । जस्ले यो भ्रष्ट्राचार विरोधमा अनि सुशासनको पक्षमा आवाज उठाउँदैन बाबा ठुलो मान्छे हुनलाई पैसा भएर हुदैन पैसा भन्दा पनी नैतीकता हुनु पर्छ ।
बाबु: हेर छोरा ! छेड्दे यस्ता कुरा यि कुराले ……॥
रोशन: कुरा विचमै काट्दै …………चर्को आवाजमा एक छिन ………॥ !
आज सम्म तपाईहरु यस धर्तीमा सयौं थोपा पसिना चुहाएर बस्नु भो तर एकै थोपा पसिना नचुहाउनेको यहा राज छ । हामी यहा नयां युगको अभ्यासमा छौ तर पनी हाम्रो तव सम्म समान विकास हुन सक्दैन जव सम्म यो भष्ट्रचाररुपी कुरीतिलाई हामी जरै देखि समुल नष्ट गर्दैनौ ।आमा ः भने जस्तै गरी सबै कुराहरु सम्भव हुदैनन् बाबु !
रोशन: सम्भव हुदैन भन्नेहरुले नै गर्दा आज हामी प्रयास सम्म नसकेका छौ आमा………॥अवको युग भनेको हाम्रो हो । विधिको शासन भनेको जनताको हो । तपाई हाम्रो प्रयास बाटमात्रै सवै कुरा सम्भव छ आमा……………।
बाबु: हुन त हो छोरा ………॥ तर पनी ………………॥
रोशन: कुरा काटेर यस्तै हो भने बाबा कहिल्यै हाम्रो जिन्दगी र जिवनशैली सुधि्रने छैनमेरा सटिफीकेटहरु सिरानीमुनी नै थन्किने छन्आमाको सपना पुराहुने छैन अनि तपाईको फाटेको टोपीपनी कैल्यै टालीने छैन बुबा कहिल्यै टालिने छैन ।
बाबु नतमस्तक टाउको नुहाँउदै
रोशन बहिनीको काँधमा हात राख्दै
आइजा नानु ! तेरो र मेरो भविष्यको लागि भएपनि यो धर्तीबाट पापीहरुलाई अलग्याउनै पर्छ । अलग्याउनै पर्छ नानु अलग्याउनै पर्छ ।
बहिनीको हात समाएर बाहिरिन्छ।
बाहिरिदै गर्दा
म अरु केही भन्न सक्दिन तर यदि मेरो कुरा ठिक हो भन्ने लाग्छ भने ए बाबा ! ए आमा ! आउनोस् यो महान दिशामा सँगै आघि बढ्दै जाओैं संगै यो धर्तीलाई पवित्र बनाऔ ।
नानु: आउनोस् बाबा आमा सँगै आउनोस् ।
बाबा आमा स्वीकाराक्ती जनाउँछन्
बाबुआमा: पर्ख सन्तती हो हामी पनी सँगै आउँछौ अब………………
लगत्तै हात समाएर सबै एकैचोटि लाम लाग्छन्

चौथो दृश्य
[क्रमबद्ध तरिकाले तिनीहरु वृत्तको एक पुरा परिक्रमा गर्दछ । परिक्रमा पुरा भएपछि]
रोशन: कहाँ छ भष्ट्रचार [खोज्दै]
आमा: कहाँ छ अत्याचार ? [खोज्दै]
बाबु: कहाँ छ गरिबी? [खोज्दै]
नानु: कहाँ छ असमानता ? [खोज्दै]
रोशन: हिमालतिर होला । [नक्साभित्र पस्दै सबैजना हिमाली भेगतीर ]
[मिसिएका आवाजहरु]
ए…………॥ ! ए…………॥ ! ए ……………!
भाग ………॥! भाग…………! भाग…………।!
आमा: पहाडतिर होला । [नक्साभित्र पस्दै सबैजना पहाडि भेगतिर]
[मिश्रित आवाजहरु]
ए ……………।! ए…………॥ ! ए ……………॥!
भाग …………।! भाग…………! भाग……………!
बाबु: तराइतिर होला । [नक्साभित्र पस्दै सबैजना तराई भेगतिर]
[मिश्रित आवाजहरु]
ए …………… ! ए………॥ ! ए …………॥!
भाग …………।! भाग……………॥! भाग………।!
यतिबेला सम्म ४ पात्रहरु नक्साबाहिर तर वृत्त भित्रै रहँदा इमान नक्साको कुना झापा-इलाम
(तर यहाँ स्थानले कुनै प्रतीक जनाउदैन) तिर कुर्सीमा बसेको हुन्छ ।
नानु:अत्तासिएको एवं चर्को आवाजमा
ए………………………… ! सबभन्दा ठुलो भष्ट्राचार त यहाँ रै छ ।
सबैले चोरऔंलाले कुसर्ीमा वसेको इमान यहाँ समग्रमा भष्ट्रचार तर्फ फर्काएर तल माथि हल्लाइराख्छन्
रोशन: कति आङ नाङ्गा बनाइस्÷कति पेट भोका बनाइस्÷कति धुरीभित्र गरिबीको पीडा जलाइस् ।
बाबु: तँलाई गरेको प्रत्येक नमस्कार प्रति मलाई तिरस्कार लागेको छ ।
आमा: तँलाई दिएको प्रत्येक सम्मान मलाई फिर्ता बोलाउन मन लागेको छ ।
बाबु: म जस्ता किन गरिब धेरै छन् भन्थे म जस्ता किन भोका धेरै छन् भन्थे ; देश किन दुब्लाएछ भन्थें - जिम्मेवार नागरिक भएपछि थाहा पाएँ - तँ जस्तो समस्या पो यहाँ रैछ कुलङ्घार ।
रोशन: मेरा बैनीहरुको गाँस खोसेर मेरा बाबु आमाको आङ रित्याएर यो आकाशेजहाज देखि धर्तीको खाल्टे सडक र भत्केको ढलसम्म छोडेनौ …………।पासपोर्टका पानादेखि हस्पीटलका औषधिसम्म छोडेनौ……
तर अबको दिन यस्तो हुनेछ हेर तिमीलाई भोकानाङ्गागरिब बेरोजगारी उत्पीडितिहंसाले ग्रस्त भएकोघरबार विहीन भएका लुटिएकाचुटिएका पिटिएकाअनि पि_िल्सएका कसैले छोड्ने छैनन् ।
आमा: अब भष्टा्रचार जस्तो तत्व देशमा रहनु हँदैन…॥ अब उज्यालो आउनैपर्छ ।
सामुहिक आवाज हो उज्यालो आउनैपर्छ÷आउनैपर्छ सबैजना इमानलाई धकेल्न थाल्छन्
इमान: [डराएर] ए …………॥ ! ए…………॥ ! ए ……………॥!
विस्तारै- विस्तारै उसको खल्तीबाट पैसाका नोठहरु खस्छन् र सम्पूर्ण शरिर नक्सा भन्दा पुरै बाहिर पल्टीन्छ । अनि सबै आ-आफ्नो गति टक्क रोकेर अचल हुन्छन्
[लगत्तै दुई नारीको प्रवेश , रातो पहिरनमा खुशी साथ नाच्दै]

उठ्छ नेपाल खुल्छ नेपाल !
तिमी हामी सबै मिले फूल्छ नेपाल !!
तिनीहरु पनि अचल

[सुत्र धारको प्रवेश]
होसुधिन्छन् भने यो भूमिमा भष्टाचारी पनि सदाचारी बनेर अट्न सक्छन् तर भष्ट्रचार कहिल्यै अट्न सक्दैन । यो बाहिरिएको व्यक्ति इमान होइन समष्टिमा भष्ट्रचारको सिंगो रुप हो ।
आदरणीय दर्शकबृन्द कथा यो वृत्तभित्र मात्रको हैन । यो कथा तपाई र हामी सबैका अगाडि दिन प्रतिदिन देखिने घटनाहरु हुन् । हामी साँच्चै नै उज्यालो चाहन्छौ र यदि शब्दको नया नेपाललाई व्यवहारमा परिवर्तन  गर्न चाहन्छौ भने आजै देखि जिम्मेवार नागरिक बनेर भष्ट्रचारको बिरोध र सुशासन वकालत गर्न शुरु गर्नु पर्दछ । हामी सबैमा चेतनाको मुल फुट्नै पर्छ साथीहरु चेतनाको मुल फूट्नैपर्छ ।
========================================================================

No comments: