Friday, November 15, 2013

बुध्द, झण्डा, काँटी र घरबेटी

अस्ट्रेलियामा हरेक कुरा पैसाकृत भएको छ । घर भाडामा लिन पनि एजेन्टहरुकहाँ धाउनुपर्छ । इन्टरनेटबाट निवेदन दिइसकेपछि निरीक्षण गर्न जाने अनि आम्दानीको स्रोत देखाएपछिमात्रै कोठा भाडामा पाइन्छ । आफूखुसीले त्यो कोठामा केही टाँस्न वा काँटी ठोक्न पनि मनाही छ । कानुनअनुसार भन्छन् । कानुनले भन्छ एजेन्टलाई लिखित निवेदन दिने अनि त्यो घरबेटीबाट पास भएपछि मात्रै कतिवटा हो त्यतिमात्रै थप काँटी ठोक्न पाउने ।


मैले नेपाली झण्डा र  कोलम्बो पुग्दा बुध्दको अलि फराकिलो मखमली पेन्टिङ ल्याएको थिएँ । दुईवटा काँटी त रैछ तर  झण्डाबाहेक केही अटेन । अलि मिलाएर मेरो स्नातकोत्तरको दीक्षान्त गर्दाताकाको तस्विर पनि राखेँ । फराकिला बुध्द भने अटेनन् । मैले एजेन्ट कम्पनीलाई फोन गरेर भनेँ कि बुद्ध त मलाई जसै टाँस्नुपर्छ चार थप काँटी ठोक्ने अनुमति देऊ । उनीहरुले सुरुमा त त्यति धेरै भन्ने मान्दै मानेनन् । पछि तीनवटा सम्मको अनुमति छ भनी घरबेटीको खबर पठाए । धन्न,  बुध्द मेरो भित्तामा झुण्डिन पाए । तस्विरहरुः





2 comments:

  1. I went through your blog after a long time today, found Interesting stuffs to read...

    ReplyDelete