Monday, August 25, 2014

आर्मिडेलमा तीज

आर्मिडेल, ७ भदौ । अस्ट्रेलियाको न्यू साउथ वेल्सराज्यअर्न्तर्गत आर्मिडेल सहरमा रहेका नेपालीले सामूहिक कार्यक्रम गरी तीज मनाएका छन् । सो कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रका सांसद अड्याम मार्शल र स्थानीय पत्रपत्रिकाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।
Adam Marshall, MP, NSW Legislative Assembly in Teej Programme in Armidale

प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद मार्शलले नेपाली समुदायको संस्कृति सर्म्वर्द्धन गर्न आफू सदैव तयार रहेको र अस्ट्रेलिया सरकार पनि बहुसांस्कृतिक मूल्यमान्यताको पक्षमा रहेको बताए ।


Keshav Timalsena felicitates MP Adam Marshall
सफल घिमिरेले सञ्चालन गरेका उक्त कार्यक्रममा नेपाली नारीहरूका तर्फबाट डिना राईले अतिथिहरूलाई तीजको महत्वबारे प्रकाश पारेकी थिइन् भने केशव तिम्सिनाले आर्मिडेलमा नेपाली समुदायको इतिहास र वर्तमानबारे चर्चा गरेका थिए ।

Dina Rai speaking on Teej and its importance

न्यू इंग्ल्याण्ड विश्वविद्यालय रहेको सेरोफेरोमा रहेको आर्मिडेलमा नेपाली विद्यार्थीको चाप हृवात्तै बढेको छ । केही वर्षघि करिब एक दर्जनमात्रै नेपालीको बसोबास रहेको यो सहरमा अहिले विद्यार्थी र स्थायीवासी गरी लगभग ७५ जना नेपालीको बसोबास रहेको आर्मिडेल नगरपालिकाका इन्जिनियर अरुण गौतम बताउँछन् । बढ्दो नेपाली जनसंख्या, तिनका समस्या, अवसर र सांस्कृतिक आवश्यकतालाई मध्यनजर गर्दै अहिले नेपालीहरू आर्मिडेलमा औपचारिक संस्था दर्ताको पहलमा लागेका छन् ।

[Teej  ̶  religiously also known as Haritalika  ̶  is the greatest festival of Hindu women. In short, this is a celebration of womanhood; brothers call their sister, married and unmarried, to attend a celebration at home. Generally, male members prepare all delicious dishes at midnight and serve their sisters. After that midnight foods, the sisters do fasting the following day (some women live without food and drops of water while others take liquid and fruit)  and worship Lord Shiva, for the wellness and longevity of their husband and family members. Women sing and dance putting on red dresses: red saree, red bangles and red jewels, the color of celebration. Another importance of Teej is its songs, the lyrics are generally full of happiness, sorrows, pain, gain, sweeter and bitter experience that they had throughout the year. So, Teej Songs are also called a method of catharsis, the process of releasing, and thereby providing relief from, strong or repressed emotions.]

Video of the program:



Community of Nepalis in Armidale is a loosely organized group of Nepali residents and students in Armidale, NSW. It is estimated that the number of Nepalis is 70-80 in Armidale in 2014.

No comments: