Saturday, November 28, 2015

आन्दोलनमा बालबालिका: समान हर्कतमाथि भिन्न टिप्पणी

८ मंसिर २०७२ मा नेत्रविक्रम चन्द (विप्लव) को माओवादी दलले स्कुले बालबालिकालाई आफ्नो राजनीतिक कार्यक्रममा प्रयोग गरेको भनी आलोचना भयो। त्यसको केही दिनपछि ११ मंसिर २०७२ मा राजधानीमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन), उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान), विद्यार्थी संगठनहरू, शिक्षक महासंघ, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघसहितका संघसंस्थाको आह्वानमा गरिएको उस्तै प्रकृतिको कार्यक्रममा पनि बालबालिकालाई प्रयोग गरिएछ । यी दुई सन्दर्भमा एउटै मिडियामा कसरी उही कुरालाई फरक तरिकाले चित्रित गरियो भनी दुई समाचारलाई दाँजेर हेरे । सायद Media Studies मा यसलाई नै हो 'Manufacturing Consent' भनिने ।


No comments: